धनगढी , १८ साउन / आज सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिँने तयारी गरेका छन् । आज (शुक्रबार) अपरान्ह ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने छन् ।
सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको असार २० गतेदेखि अल्पमतमा छन् । तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो ।
एमालेले अब विश्वास मत नदिदा पुनः विश्वासको मत पाउने सम्भावना र पक्षमा भएको अंक गणीतीय हिसाबमा पनि सोडारी किमजोर अवस्थामा रहेका छन् ।