धनगढी, १६ साउन / डडेलधुराको गन्यापधुरा गाउँपालिका २ रडुवा र ३ पुलाउ खोला लगायतका ठाउँमा पहिरो खसेर आवतजावत बन्द भएको छ। के.आई.सिंह राजमार्ग अन्तरगत पर्ने डडेल्धुरा डोटी जोड्ने सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।
भारी बर्षाका कारण पहिरो आउदा डडेल्धुरा –डोटी जोड्ने सडक खण्ड अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पहिरोका कारण के.आइ.सिंह राजमार्गको डडेल्धुरा–डोटी सडक बन्द भएको जानकारी दिए ।
सडक अबरुद्ध हुँदा दर्जन बढी सवारीसाधन बाटोमा अलपत्र परेका छन । अबरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।