• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खच्चड हिँड्ने स्वराडमा मोटरगाडी सरर

धनगढी,१५ साउन । आठ वर्षअघिसम्म खच्चडबाट नुन चामललगायत खाद्य ढुवानी हुने तल्लो स्वराड क्षेत्रमा अहिले सरर मोटरगाडी चल्न थालेका छन् । पाटन–पञ्चेश्वर सडक कालोपत्रे गरेपछि तराईबाट बस सिधा तल्लो स्वराड पुग्ने गरेको छ । विगतका दिन सम्झिँदै स्थानीय विजयसिंह नायकले स्वराडमा सडक पुगेपछि बल्ल गाउँ गाउँमा सिंहदरबार आएको अनुभूति सुनाउनुभयो । खच्चडमा सामान ढुवानी गर्नुपर्दा प्रतिकिलो १५ रुपियाँ महँगो चामल खानुपर्ने बाध्यता थियो ।

मोटरगाडी चल्न थालेपछि चामल सस्तो भएको छ । पहिले घोडेटो बाटो नभएका कारण खच्चड वा भरियाबाट खाद्य ढुवानी गर्नुपर्ने अवस्था थियो । पाटन–पञ्चेश्वर सडकले मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका ५० हजार बासिन्दाको कष्टकर जीवनमा परिवर्तन ल्याइदिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । सदरमुकाम पुग्न दुई दिन पैदल हिँड्नु पथ्र्यो, सडक पुगेपछि अहिले तीन घण्टामा पुगिन्छ । अध्यक्ष चन्दका अनुसार, “उपभोग्य वस्तु ढुवानी गर्न मेलौलीसम्म १५ र पञ्चेश्वरको २० रुपियाँ प्रतिकिलो खच्चडको भाडा तिर्नु पथ्र्यो । अहिले पाँच रुपियाँ प्रतिकिलो ढुवानीमा उपभोग्य वस्तुको आपूर्ति भइरहेको छ ।”

राजनीतिमा स्वराडको प्रतिनिधित्व

तल्लो स्वराड क्षेत्रबाट संविधान सभा सदस्यका रूपमा पहिलो पटक पुरनसिंह दयाल समानुपातिक प्रणालीबाट चुनिएपछि यहाँका समस्या केन्द्रीय सरकारसम्म उजागर भएको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक कालोपत्रेका लागि हालका गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छौँ ।” उहाँको सक्रियतामा पाटन–पञ्चेश्वर सडकको मुद्दाले स्थान पाएको उहाँले बताउनुभयो । पाटन–पञ्चेश्वर सडकका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सङ्घीय सरकारबाट बजेटका लागि पहलकदमी गरेको मेलौली नगरपालिका–५ का स्थायी बासिन्दा एवं नेकपा (एमाले) का नेता पुरनसिंह दयालले बताउनुभयो ।

सडक निर्माणमा बाउन्न करोड खर्च

पाटन–पञ्चेश्वर ६५ किलोमिटर सडकखण्डको मेलौली नगरपालिकासम्म ३७ किलोमिटर कालोपत्रे भइसकेको छ । मेलौलीदेखि शिवनाथ गाउँपालिकाको सुल्लेखान हुँदै पञ्चेश्वर गाउँपालिकासम्म ग्राभेल र नाली निर्माणको काम सम्पन्न भएको छ । सडक स्तरोन्नतिमा हालसम्म ५२ करोड रुपियाँ खर्च भइसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेश भुलले बताउनुभयो । उहाँका अनुसार पाटन–पञ्चेश्वर सडकखण्डका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेपछि कालोपत्रेको काम धमाधाम अघि बढेको छ ।

स्वराडको तरकारी धनगढीमा
सडक पुगेपछि सुपथ मूल्यमा चामल खान पाएका स्थानीय किसानले आफूले उत्पादन गरेको तरकारी धनगढी र महेन्द्रनगर ढुवानी गर्न थालेका छन् । किसान चिन्तामणि भट्टले तीन क्विन्टल स्थानीय जातको प्याज र एक क्विन्टल गोलभेँडालगायत तरकारी धनगढी पठाएको बताउनुभयो । उहाँले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वार्षिक दुई लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।

मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.