धनगढी,१५ साउन । कैलालीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–८ बस्ने अन्दाजी ४७ वर्षीय लल्लन जागा पक्राउ परेका हुन् । २०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका उनलाई हिजो लुम्बिनी बर्दीयाको मधुवन नगरपालिका–४ ढोडरी बजारस्थित बेलुवा चोकबाट इलाका प्रहरी कार्यालय राजापुर बर्दीयाको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जागालाई ल्याई आवश्यक कारबाहीको लागि हिरासत कक्षमा राखेको जनाएको छ ।