धनगढी, १३ साउन / जन्मदिनको अवसरमा बैतडी विद्यार्थी समाजका निर्वतमान अध्यक्ष चेतन विक्रम चन्दले शौक्षिक समाग्री वितरण गरेका छन् । धनगढीमा रहेको आमाको माया छात्राबासमा शौक्षिक समाग्री र फलफुल वितरण गरेको विद्यार्थी चन्दले बताए ।
समाजसेवामा अग्रसर रहेका चन्दले आफुले सकेको सहयोग गरेको बताए । लियो क्लव सुदूरपश्चिमका प्रमुख चन्द बैतडी विद्यार्थी समाजका निर्वतमान अध्यक्ष समेत हुन ।
चन्द एश्वर्य बहुमुखी क्याम्पसको ब्यबस्थापन संकायमा स्नातकोत्तर गरी रहेका छन् । अध्ययनका साथसाथै विभिन्न संघ संस्थामा समेत चन्द सक्रिय रहेका छन् ।