धनगढी , १२ साउन / “सम्पुर्ण प्रगतिशील लेखकहरू एक होऔं” भन्ने नाराका साथ स्रष्टा सृजना प्रस्तुति कार्यक्रम २०८१ सम्पन्न गरिएको छ । नयाँ प्रतिभा खोजका लागि कार्यक्रम गरिएको आयोजक प्रगतिशील लेखक सङ्घ नेपाल कैलालीले बताएको छ।
नयाँ प्रतिभालाई स्थान दिन र नयाँ सर्जकका रचनालाई पाठक समक्ष पुर्याउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो। धनगढी विशाल नगरमा रहेको शुभम् होटलको सभाहलमा कार्यक्रम संयोजक ओम प्रकाश पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सुदुरपश्चिम भारीका अग्रज र अनुज गरी ४० जना लेखकहरुको उपस्थिति रहेको थियो।