धनगढी ,९ साउन । बैतडीको पाटन नगरपालिका–३का एक युवकको जापानमा मृत्यु भएको छ । पढाईको लागि करिब ३ महिनाअघि मात्रै जापान गएका पाटन नगरपालिका ३ का २१ वर्षीय जनक प्रशाद अवस्थीको मृत्यु भएको आफन्तले बताएका छन् । अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको आफन्तले बताएका छन्।