• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एम्बुलेन्स खरिदमा भएको अनियमितता लुकाउन कागजात किर्ते गरेको आशंका

एम्बुलेन्स खरिदमा भएका कमजोरी ढाकछोप गर्न सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कागजात किर्ते गरेको आशंका गरिएको छ। मन्त्रालयले ट्रकलाई एम्बुलेन्स बनाएर वितरण गरेको समाचार प्रकाशन÷प्रशारण भएपछि सार्वजनिक गरेको कागजात किर्ते गरेको आशंका गरिएको हो।

सामाजिक विकास मन्त्रालयले विज्ञप्ती जारी गर्दै सिप्रदी ट्रेडर्ससंग भएको सम्झौता पत्र पनि सार्वजनिक गरेको थियो। उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट निमित्त प्रदेश सचिव झंकर बहादुर विष्टले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता २४ फेवररी २०१९ (२०७५ साल फागुन १२ गते) मा भएको उल्लेख गरिएको छ।

तर मन्त्रालयको हाजिरी रजिष्टरमा भने उक्त दिन निमित्त प्रदेश सचिव विष्ट अनुपस्थीत छन्। फागुन १२ गतेको दिन हाजिरी रजिष्टरमा विष्टले हस्ताक्षर गरेका छैनन्। छेउमा रातो रंगको डटपेनले केरमेट गरिएको छ भने अलिअली टिपेक्स पनि लगाईएको छ। यता निमित्त प्रदेश सचिव विष्टले भने रातो रंगको डटपेनले गरिएको केरमेटलाई नै आफ्नो हस्ताक्षर भएको दावी गरेका छन्।

तर रातो रंगको डटपेनले हाजिरी लगाउनै नमिल्ने प्रावधान रहेको छ। एक जना सरकारी अधिकारीले भने– ‘रातो कलरको डटपेनले हाजिर लगाउन मिल्दैन्। कालो वा निलोले लगाउने हो। त्यो दिन व्यस्तताले हाजिर लगाउन छुटेको भएपनि दोश्रो दिन लगाउन पथ्र्यो तर १० महिना सम्म नलगाईएको भए आशंक गर्न सकिने ठाउँ छ।’

सो समयमा सचिव गोगन हमालको हाजिरीमा सम्झौता भएको दिन उनी काजमा काठमाडौँ गएको उल्लेख गरिएको छ। मन्त्रालयमा हाजिर नै नभएर विष्टले सम्झौता पत्रमा कसरी हस्ताक्ष गरे भन्ने प्रश्न उब्जिएको छ। मन्त्रालयले एम्बुलेन्सको उत्पादन बर्ष पनि २०१९ नै भएको दावी गर्दै आएको छ।

तर प्रदेश सरकारले बाडेका एम्बुलेन्सका बिभिन्न पार्टपूर्जामा उत्पादन मिती समेत फरक–फरक राखिएको छ। प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई वितरण गरेको एम्बुलेन्समा पार्टपुर्जा अनुसार उत्पादन मिती फरक–फरक राखिएको फेला परेको हो। कुनै पार्टपूर्जामा उत्पादन मिती सन २०१६ लेखिएको छ भने केहीमा सन २०१८ र २०१९ का स्टिकर टासिएका छन्।

यस्तै केही स्टिकरमा उत्पादन मिती मात्रै च्यातिएको छ भने केही स्टीकर नयाँ समेत लगाईएको छ। टाटा कम्पनीका उक्त गाडीमा मूख्य व्याट्री समेत एम्रोन कम्पनीको राखिएको छ। सयुक्त एम्बुलेन्स चालक संघ सुदूरपश्चिम अध्यक्ष तथा केन्द्रिय सदस्य लक्ष्मण सिंहले कतिपय पार्टपूर्जामा नयाँ स्टिकर समेत टासिएको बताए।

उनका अनुसार एम्बुलेन्सको स्क्रुमा खिया लागिसकेको छ। एम्बुलेन्सको पछाडि पट्टिको ढोकामा तीन वटा तीन स्क्रु रहेकोमा एउटै ठाँउमा लाग्ने स्क्रु पनि फरक फरक छन्। एम्बुलेन्स भित्र राखिएका उपकरण पनि अस्तव्यस्त रुपमा राखिएको छ।

शुक्रबार, पुष २५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.