धनगढी,८ साउन । कैलालीको टीकापुर अस्पतालको सेवा सुचारु भएको छ । अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै हिजोदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको हो । अस्पताल हातामा प्रवेश गरेर गालीगलौज र डर धम्की दिएको भनिएका व्यक्तिहरुले कमी कमजोरी भएको स्विकारे पछि दुई पक्षबिच सहमति जुटेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । आगामी दिनमा अस्पतालको सेवामा असर पर्ने खालका कुनै गतिविधि नगर्ने गरी दुई पक्षबिच लिखित सहमति समेत भएको छ ।
टीकापुर अस्पतालको सेवा सुचारु
टीकापुर अस्पतालको सेवा सुचारु
