धनगढी,८ साउन । पछिल्लो समय रगत चाहिने बिरामीलाई उपचारका लागि रगत पाउनै मुस्किल भइरहेको जानकारी पाएपछि धनगढी जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जेसिजले धनगढी स्थित एसपीए कलेज परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा एसपीए कलेजका प्राचार्य योगराज उपाध्याय, कलेजमा अध्ययनरत विद्यार्थी, जेसिज सदस्य लगायत ३५ जनाले रक्तदान गरेको धनगढी जेसिजका रक्तदान कार्यक्रम संयोजन चन्द्रकान्त पनेरुले बताए । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग र एसपीए कलेजको संयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउँदै रक्तदान कार्यक्रममा ४ जना महिला र ३१ जना पुरुष गरी ३५ जनाले रक्तदान गरेको जेसिज सप्ताहका संयोजक तर्कराज भट्टले बताए । रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
रक्तदान कार्यक्रममा धनगढी जेसिजका अध्यक्ष अरुण सिंह, एसपीए कलेजका प्रधानाध्यापक योगराज उपाध्याय, सर्वाधिक रक्तदाता दीपक उपाध्याय, धनगढी जेसिजका निबर्तमान अध्यक्ष मोहन ओझा लगायतको उपस्थिति रहेको थियो ।