धनगढी,५ साउन । बझाङमा जंगली च्याउ खाएर ३ जना बिरामी भएका छन् । जिल्लाको दुर्गाथली गाउँपालिका–५ का ४० वर्षीय तिलक पुजारा र उनका छोराहरु १२ वर्षीय दर्सन पुजारा र ५ वर्षीय सुभम पुजारा बिरामी भएको प्रहरीले जनाएको छ ।
जंगली च्याउको तरकारी खादा तीनै जनालाई घर भित्र बेहोस अबस्थामा उनको श्रीमतीले फेला पारेपछि तत्काल जिल्ला अस्पत्ताल बझाङमा पु¥याएर उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले जानकारी दिए ।
उपचाररत बुवा र कान्छो छोरा सुभमलाई थप उपचारको लागि डडेल्धुरा अस्पत्ताल रिफर गरेको जोशीले बताए । जेठो छोरा दर्सन भने सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।