धनगढी,४ साउन । पहिरोले अबरुद्ध भएको बाजुराको साँफे–मार्तडी सडक खुलेको छ । बुढिगंगा नगरपालिका–३ ताप्रिसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडीमालिका–९ कारागार नजिकै शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएपछि दिउँसोदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।