धनगढी,२७ असार । कैलालीको लिक्मा मेलामा अखाद्य बस्तु फेला परेको छ । गौरीगंगा नगरपालिका–८ लिक्मामा सञ्चालित सो मेलामा रङ मिसाइएको अखाद्य बस्तु फेला परेको हो ।
नगरपालिकाको बजार अनुगमन शाखाले मेला क्षेत्रको बुधवार गरेको अनुगमनका क्रममा २५ किलोग्राम बर्फी, एक कट्टा भुजा लड्डु, रङ्गीन भुजा (ठुलो) ८ बोरा, चाउमिन भुजा एक कट्टा र एक पोका चटपट बरामद गरिएको अनुगमन शाखा प्रमुख लक्ष्मणराज जोशीले बताए । बरामद गरिएको अखाद्य बस्तु बिहीबार नष्ट गरिएको उनले बताए ।
मेलामा रङ मिसावट गरिएका बस्तुको बिक्री वितरण हुन सक्ने भन्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयले नगरपालिकालाई पत्राचार गरेको थियो । नगरपालिकाले मेला क्षेत्रमा सूचनासहितका बोर्डहरू राखेको थियो ।