धनगढी, २५ असार/ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको कार्यकारिणी बैठक कैलाली अत्तरियामा सम्पन्न भएको छ। परिषद्को २ दिने बार्षिक समिक्षा तथा योजना बैठक अत्तरियामा रहेको प्रतिभा पुस्तकालयको सभाहलमा गरिएको परिषद्का प्रदेश सचिव प्रेम बोहोराले बताए।
प्राज्ञिक विद्यार्थी परिषद्ले १ बर्ष सम्म गरेका कार्यक्रमको समिक्षा र अगामी १ बर्षमा गर्ने कार्ययोजना निमार्ण गर्न बैठक गरिएको प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिम प्रदेशका अध्यक्ष पृथ्वीराज अवस्थीले बताए।
शिक्षा क्षेत्रलाई सुधार गर्नु पर्छ भन्ने मुल उद्देश्य बोकेर हिँडेको विद्यार्थी परिषद्ले पछिल्लो अवस्थाको माध्यमिक परीक्षा एस. ई. ई. को नतिजाबारे चर्चाका साथै वर्तमान अवस्थाका समसामयिक विषयलाई लिएर बैठकमा छलफल गरेको प्रदेश सचिव बोहोराले बताए।
प्राज्ञिक विद्यार्थी परिषद्को सुदूरपश्चिम प्रदेश कार्यकारिणी बैठकमा परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, राष्ट्रिय सचिव दिवस पोखरेल, सुदूरपश्चिमका संगठन सचिव चन्द्र शेखर जोशी, सह-संगठन सचिव मणिराम चौलागाईं, प्रदेश अध्यक्ष पृथ्वीराज अवस्थी, उपाध्यक्ष लोकराज भण्डारी र सचिव प्रेम बोहोरा लगायत अन्य परिषद्का पदाधिकारीको उपस्थिति रहेको परिषद्का राष्ट्रिय सचिव दिवस पोखरेल बताएका छन्।