धनगढी,१९ असार । कञ्चनपुरको बेलौरी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । बेलौरीको मैनाहा – चानदेव सडक खडकखण्ड अन्तर्गत ३३ केभी लाइनमा रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो ।
बेलौरी विद्युत केन्द्रले पानी परिरहेकाले विद्युत लाईन सुचारु गर्न समस्या भएको जनाएको छ । बिजुलीको तारमा रुख ढल्दा ६ पोलका तार चुडिएका छन । सो क्षेत्रमा बुधबार बिहानै देखि वर्षा भइरहेको छ । वर्षा रोकिएपछि मर्मतको काम हुने केन्द्रले जनाएको छ ।