धनगढी,१९ असार । टिकापुरबाट भन्सार छलीका ६ लाख बराबरको कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरीले बुधबार पुर्वी कैलालीको टिकापुरबाट ६ लाख रुपैयाँ बराबरका अवैध रुपमा भन्सार छली नेपाल लिँदै गरेको कपडा बरामद गरेको हो ।
टिकापुर नगरपालिका–८ बन्जरिया इलाकाबाट सशस्त्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत सशस्त्र प्रहरी निरिक्षक लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलिले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ६ लाख रुपैयाँ बराबरको कपडा र कपडा बोक्न प्रयोग भएको अटो बरामद गरेको छ ।
बरामद गरेको कपडामा कुर्ता सुरुवाल र सर्टिङ सुटिङ रहेको जानकारी प्राप्त भएको छ । भे १ ह २४४८ नम्बरको अटो र कपडा गरि करिब १० लाख रुपैयाँको रहेको बताइएको छ । पक्राउ गरेको अटो र कपडा सत्ति भन्सारमा पठाइएको र पक्राउ गर्ने टोलिले सत्ति भन्सार कार्यालयलाई मुल्यांकन सहितको पत्र नदिएको बताइएको छ ।