बैतडी, १३ असोज / बैतडीमा मोटरसाइकलको ठक्कर बाट एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका वडा न. २ देहिमाण्डाँै बस्ने अन्दाजी ६३ वर्षिय पार्वती लावड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिहंले बताए ।
आज बिहान गोकुलेश्वर बाट गोठलापानि तर्फ गइरहेको डिलाशैनी गाउँपालिका ५ बस्ने अन्दाजि ४३ वर्षिय बाशुदेब नाथले चलाइरहेको सु.प.प्र.०२ ००३ प. २२२१ नम्बरको मोटरसाइकलले दशरथचन्द नगरपालिका वडा न. १ गुरुखोला नजिक पैदल हिडिरहेकी लावडलाइ ठक्कर दिएको हो ।
चालक नाथलाइ सामान्य चोट लागेको छ भने ठक्करबाट लावडको टाउकोमा चोट लागेको छ । घाइते पार्वती लावडलाइ उपचारकालागी जिल्ला अस्पताल बैतडीमा पठाइसकेको प्रवक्ता प्रहरी निरीक्षक सुरज सिहंले बताए ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।