धनगढी, १३ असोज / कैलाली उद्योग वाणिज्य संघ र ENSSURE परियोजनाको सहकार्यमा कामदारहरूको सीप स्तरोन्नति गर्ने उद्देश्यले टायल र मार्बल फिटिङसम्बन्धी तालिम सुरु भएको छ।
कामदारहरूको व्यावसायिक सीप तथा दक्षता अभिवृद्धि गर्दै रोजगारीका अवसरमा थप पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा २२ जना सहभागी रहेका छन्।
तालिमको शुभारम्भ कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाशकुमार चन्द तथा ENSSURE परियोजनाका प्रदेश प्रबन्धक कुशबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो।
तालिममार्फत सहभागीहरूले टायल तथा मार्बल फिटिङसम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गर्ने अपेक्षा गरिएको छ। दक्ष जनशक्ति उत्पादनसँगै निर्माण क्षेत्रमा आवश्यक सीपयुक्त कामदार तयार गर्न तालिमले सहयोग पुग्ने आयोजकको विश्वास छ।