धनगढी,१८ असार । कैलालीको गेटाबाट एक अपरिचित महिलाको उद्दार गरिएको छ । मानसिक सन्तुलन गुमाएकी महिलाको स्थानीय लोकेन्द्र धामी लगायत युवाहरुले सकुसल उद्दार गरेर दृष्टि फाउण्डेसनको जिम्मा लगाएका छन्।
ती महिलाको बायाँ हात भाचिएको छ । विगत ६/७ दिनदेखि गोदावरी नगरपालिका–५ गेटा खानेपानी क्षेत्रमा घुम्दै आएकी महिलाको उद्दार गरिएको हो ।