धनगढी,१४ असार । अत्तरीयाबाट बैतडी जाँदै गरेको बसमा सवार एकजनाको मृत्यु भएको छ । बसमा बैतडी जाँदै गरेका दशरथचन्द नगरपालिका ९ तिचौराका ४२ बर्षीय कृष्णानन्द जोशीको बिहीबार मृत्यु भएको हो ।
ना४ ख ६३८४ नम्बरको बसमा पाटन पुगेका बेला बेहोस भएका उनलाई जिल्ला अस्पताल बैतडी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बसमै बेहोस भएका व्यक्तिको मृत्यु भएपछि बस चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।