धनगढी,१३ असार । सुदूरपश्चिमबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा सहभागी भएकामध्ये ६८ दशमलव १२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (फेल) भएका छन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार सुदूरपश्चिमबाट परीक्षामा सहभागि भएका ६८ दशमलव १२ प्रतिशत विद्यार्थी फेल भएका हुन् ।
सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना विद्यार्थीले एसइई परीक्षामा सहभागि भएकोमा ३६ हजार ४१० विद्यार्थी फेल भएका छन् । देशभरबाट एसइई परीक्षामा सहभागि भएका ५२ दशमलव १४ प्रतिशत विद्यार्थी फेल भएकोमा सुदूरपश्चिममा त्यो भन्दा धेरै फेल भएका हुन् ।