धनगढी, ११ असार / जिल्ला सहकारि संघ, कैलालिले कैलाली जिल्लाका १३ वटै स्थानिय तहका प्रमुखहरुलाई सहजीकरणका लागि अपिल गरेको छ । सहकारि ऐन २०७४ नियमावलि २०७५ र सुदुरपश्चिम सहकारि ऐन २०७५ नियमावलि २०७६ मा भएका प्रावधानमा टेकेर विशेष गरि ऋण लिने तर सावा ब्याज चुक्ता गर्न अटेर गर्ने ऋणिहरु लाई ऐन नियमावलि अनुसार कानुनि दायरा ल्याउन अनुरोध गरेको पत्रमा उल्लेख गरिएको छ ।
कैलाली जिल्लाका १३ वटै स्थानिय तहका प्रमुख तथा प्रतिनिधि ज्युले तत्काल ऐन , नियमावलि अनुसार नितिगत रुपमा काम कार्वाहि अगाडि वढाउने प्रतिबद्धता समेत गरेको कैलाली जिल्ला सहकारी संघका अध्यक्ष फणीराज साफकोटाले बताए ।
यस्तै सहकारीको यो बिषयलाई बिशेष प्राथमिकतामा राखेर स्थानीय सरकारहरुले काम कार्वाहि अगाडि वढाउन समेत अध्यक्ष साफकोटाले अनुरोध गरेका छन् ।
