धनगढी,६ असार । कञ्चनपुरका एक किशोरको नहरमा डुबेर मृत्यु भएको छ । बुधबार साँझ भीमदत्त नगरपालिका–५ तीनतारास्थित नहरमा सोही ठाउँका १५ वर्षीय अविरल चन्द पैडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा पौडी खेल्ने स्थानदेखि अन्दाजी ६०० मिटर पूर्व मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।