धनगढी ,२६ जेठ । नेपाली कांग्रेस गोदावरिको दोस्रो नगर सम्मेलन सुरु भएको छ । शनिवार एक औपचारिक कार्यक्रमका बिच १४औ महाधिवेशन पछिको कांग्रेस गोदावरी को दोस्रो नगर सम्मेलन सुरु भएको हो ।
नगर सभापती वीर बहादुर चोखालको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका सुदुरपस्चिम प्रदेश सभापती एवम प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर रहेका छन ।
कार्यक्रम मा सुदुरपस्चिम प्रदेश सभासद द्वय प्रकाश बम र तुलशी देवकोटा तथा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट लगायत कांग्रेसका विभिन्न नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
नगर कार्यसमितिका उपसभापती प्रेम सिं बडैलाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको संचालन नगर समिती सचिव योगेश भट्ट ले गरिरहेका छन ।