धनगढी,१५ जेठ । डडेल्धुराबाट अंश मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छन । जिल्ला अदालत डडेलधुराले अंश मुद्दामा १ लाख ६ हजार ४१० जरिबाना ठहर भई फरार रहेकी अमरगढी नगरपालिका–३ कि ८१ वर्षीया धना देबी शाहलाइ पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट ऐरोडा, डडेलधुराबाट खटिएको प्रहरी टोलीले जिल्लाकै नवदुर्गा गाउँपालिका–१ ऐरोडाबाट उनलाइ पक्राउ गरि जिल्ला अदालत डडेलधुरा समक्ष पेश गरेको प्रहरिले जनाएको छ ।