धनगढी, १४ जेठ / जेसिज अत्तरिया,कैलाली द्वारा अत्तरिया स्थित जनकल्याण सेकेन्डेरी स्कुल तेघरीमा अध्ययनरत किशोरीहरुलाई स्वास्थ सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनकल्याण सेकेन्डेरीका प्र.अ.योगेन्द्र हमालले किशोर अवस्थामै स्वास्थ बारे ज्ञान दिने तालिम संचालन हुनु सकारात्मक पक्ष रहेको बताए। साथै,उनले किशोर अवस्थामा स्वास्थ बारे जनचेतना अभिबृद्दी गर्दा स्वास्थ समस्याहरु समाधान हुने बताए।
समाजमा ब्याप्त रहेको हानिकारक प्रचलन अन्त्य अभियान तथा किशोरी,महिला हरुलाई जानकारी उपयोगीमुलक र सन्देशमुलक कार्य गर्दै अत्तरिया जेसिज आएको आगामी दिनहरुमा थप कार्यक्रम आयोजना गर्ने जेसिस अत्तरियाका खेलकुद संयोजक जेसि हेमन्तराज जोशी (बाजे) ले बताउनु भएको छ।
जेसिजका अध्यक्ष जेसि प्रकाश मल्ल को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव जेसि बम बहादुर बोगटीले गर्नु भएको थियो भने स्वागत मन्तव्य जेसि मान ऐर ले ब्यक्त गर्नु भएको थियो।