• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

माल पाएर पनि चाल नपाए जस्तै गरी युवा रोजगारीको खोजीमा विदेश पलायन

बैतडी, ११ जेष्ठ / कृषि मलमा प्रयोग हुने ‘फस्फोराइट’ खानीदेखि क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायनयुक्त जडीबुटीका लागि बैतडी जिल्ला भण्डार मानिन्छ । यहाँ विभिन्न खनिज पदार्थका अतिरिक्त उपयोगी जडीबुटीसमेत पाइन्छन् ।

खानी र जडीबुटीको उपयोग नहुँदा माल पाएर पनि चाल नपाए जस्तै गरी युवा रोजगारीको खोजीमा विदेश पलायन हुन थालेका छन् । युवा जनशक्ति पलायन हुँदा गाउँमा वृद्ध, महिला, केटाकेटीबाहेक कोही भेटिँदैनन् । अधिकांश युवा कामको खोजीमा भारत जाने गरे पनि पछिल्लो समय खाडी मुलुक र मलेसिया जानेको सङ्ख्या बढेको छ । मलेसिया गएका सिगास गाउँपालिका–१ का लोकराज भट्ट उतै बेपत्ता भएपछि घरमा वृद्ध आमाबुवा आठ वर्षदेखि छोराको बाटो कुरेर बसिरहनुभएको छ ।

भारतमा ज्याला मजदुरीले जीविका नचलेपछि सोही वडाका हर्कबहादुर ऐरी दुई लाख रुपियाँ ऋण लिएर खाडी मुलुक पस्नुभयो । सोही वडाका अर्का युवा बलवेद ऐरी वृद्ध आमाबुवा र जहान परिवार पाल्न कामको खोजीमा भारत हिँड्नुभएको छ ।

बेरोजगारीका कारण गाउँबाट पलायन यी युवा केही प्रतिनिधि पात्र मात्र हुन् । युवा पलायन भएको सिगास गाउँपालिका–१, सुगरखालमा फलाम खानी छ । यहाँको फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको प्राविधिक परीक्षणबाट पुष्टि भएको छ तर सडक र बिजुलीको सुविधा नहुँदा खानी उत्खनन हुन सकेको छैन । वडामै खानी र जडीबुटी भए पनि यहाँका ८० प्रतिशत युवा रोजगारीका लागि भारतलगायत खाडी मुलुक पलायन हुने क्रम लामो समयदेखि निरन्तर छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला वर्षमा राहदानी लिने युवाको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७४र७५ मा राहदानी लिनेको सङ्ख्या पाँच सय रहेकोमा हाल बढेर आव २०७९र८० मा दुई हजार ६८० पुगेको छ ।

बैतडीमा फस्फोराइट, फलाम, चुन ढुङ्गा, शिलाजित, स्लेट र खल बनाउन प्रयोग हुने ढुङ्गाको खानीलगायत सिल्भर खानी रहेका छन् । जडीबुटीतर्फ क्यान्सर रोग निको पार्ने लौठसल्लासहित पाँचऔँले, पाखनवेद, चिराइतो, सुगन्धवाल, चुत्रो, तेजपत्ता, रिट्ठा, सिमजडी, अमला, हर्रोबर्रो, गुड, महलगायत ६५ भन्दा बढी जडीबुटीको भण्डार रहेको छ ।

यद्यपि यहाँको जडीबुटी बिचौलियामार्फत भारत निकासी हुने भएकाले जिल्लामै जडीबुटी प्रशोधन केन्द्र सञ्चालन हुन सकेको छैन । ग्वाल्लेक र सिगास संरक्षित वनमा क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायन निस्कने लौठसल्ला रहेको छ ।

शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.