• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एस.पी.ए कलेजले विशेष छात्रवृत्तिमा ४० जना विद्यार्थीलाई निःशुल्क पढाउने

धनगढी, जेठ ९ / सुदूरपश्चिम प्रदेशको शैक्षिक धरोहर प्रदेशकै पहिलो स्मार्ट कलेज सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) ले राष्ट्रिय तथा प्रदेश स्तरीय विशेष छात्रवृत्ति २०८१/८२ घोषणा गरेको छ। एसपीएले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रत्येक जिल्ला र देशभर लागू हुने गरी उक्त विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो।

छात्रवृत्ति योजना अनुसार सुदूरपश्चिमका ९ र कर्णाली प्रदेशका १० जिल्लाका दुईरदुई जना र देशभरका अन्य जिल्लाबाट २ जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्तिमा माध्यमिक शिक्षा हासिल गर्ने अवसर प्रदान गरिने कलेजले जनाएको छ ।

छात्रवृत्ति छनोट समिति संयोजक उशा शाहुका अनुसार एसपीएले उपलब्ध गराएको लिङ्क वा कलेजमै आई छात्रवृत्ति फाराम भर्न सकिन्छ। भने कक्षा १० (एसइई)परीक्षा दिएका, एथलेटिक्स, क्रिकेट, फुटबल, उसु, तेक्वान्दो, भलिबललगायत खेलमा कम्तीमा प्रदेशस्तरीय प्रतिस्पर्धी, सामाजिक जीवनमा महत्त्वपूर्ण योगदान दिएका, आर्थिक रूपमा विपन्न तर जेहेन्दार, विद्यालय तहमा साइन्स एक्स्पो, इनोभेसन, अन्वेषण जस्ता गणित, विज्ञान प्रविधिमा भाग लिएको वा खोज गरेको, गीत, सङ्गीत, कलाका क्षेत्रमा अग्रसर तथा पठनपाठनमा अब्बल, नेतृत्वकला, वक्तृत्वकला, उद्यमशीलतामा उत्कृष्टता भएका जुनसुकै एवं एसइईको नतिजा प्रकाशित नभएको अवस्थामा पनि विद्यार्थीहरू ले पनि छात्रवृत्तिका लागि फारम भर्न सक्नेछन् ।

अथवा एसपीए कलेजमा आई फाराम भरेर पनि आवेदन दिन सकिने क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

यही २०८१ जेठ ३० गते बेलुका ५ बजेसम्म छात्रवृत्तिका लागि फाराम भर्न सकिने र २०८१ जेठ ३२ गते, शुक्रवार बिहान ८ बजे देखि अन्तर्वार्ता हुने कलेजले जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू पाइसकेको एसपीए कलेजमा कक्षा ११ मा साइन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, मानविकी, शिक्षा, कानुन र आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्न चाहने विद्यार्थीहरूले उक्त छात्रवृत्ति फाराम भर्न सक्नेछन्।

यो छात्रवृत्ति कलेजमा प्रदान गरिने नियमित छात्रवृत्ति भन्दा छुट्टै हुने कलेजले जनाएको छ।

बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.