धनगढी,८ जेठ । कैलालीको धनगढीमा जेठ १६ गतेदेखि नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण सुरु हुने भएको छ । साहारा नेपाल युवा क्लबको आयोजनामा विगतका वर्षहरू झैँ यो वर्ष पनि प्रतियोगिता सुरु हुन लागेको हो। प्रतियोगिता टि–२० फरमेटको प्रणालीबाट खेलाइने छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा हुन भएको छ । जेठ १६ देखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्नेछ । प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले बताए ।
प्रतियोगिताको मिति नजिकिएसँगै अहिले तीव्र गतिमा प्रतियोगिताको तयारी चलिरहेको छ । खेलमैदान सफाई देखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताए ।समाजलाई खेलकुदको माध्यमबाट सकारात्मक बाटोमा डोर्याउन सकिने विश्वास रहेको साहारा नेपालका अध्यक्ष अनन्त बोहराले बताए ।
स्थानीय स्तरमा रहेका युवा खेलाडीलाई उत्पादन गर्दै उनीहरूलाई राष्ट्रिय टिममा जोड्ने अभियानमा लागिरहेको उनले बताए। प्रतियोगिताको विजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।