काठमाडौं । जितविहीन सरस्वती युथ क्लबले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफसँग गोलरहीत बराबरी खेलेको छ । चौथो चरणको खेलमा विभागीय क्लब एपीएफको सामना गरिरहेको सरस्वतीले पहिलो हाफको समाप्तिसम्म गोलरहीत बराबरी खेलेको हो ।
सातदोबाटोस्थित एन्फा कम्लेक्समा एपिएफविरुद्ध रक्षात्मक खेल प्रदर्शन गरिरहेको सरस्वतीले प्राप्त अवसरलाई सदुपयोग गर्न सकेको छैन ।
४३ औं मिनेटमा प्राप्त फ्रि किकमा सरस्वती गोल गर्न चुक्यो ।
त्यसअघि ३९ औं मिनेटमा एपीएफका कप्तान नविन लामाको प्रहार सरस्वतीका डिफेन्डरले क्लियर गर्दा ३१ औं मिनेटमा सरस्वतीका विदेशी खेलाडी आन्दे इकवान गोल गर्न चुके ।
सरस्वती जितविहीन यात्रालाई समाप्त गर्न चाहान्छ भने सरस्वती ३ अंक जोड्ने योजनामा छ ।