धनगढी, २६ वैशाख/ उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ युवा सम्मेलन हुँदै छ।सुदुरपश्चिम प्रदेश नेपाल युवा परिषदको आयोजनामा बैशाख २७ देखि २९ सम्म सुदुरपश्चिम प्रदेश धनगढीमा आयोजना हुन लागेको प्रदेश युवा सम्मेलन २०२४ सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।
उक्त सम्मेलनमा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला करिब २०५ जना युवाहरुको सहभागीतामा हुदैछ ।
साथै उक्त सम्मेलनमा सहभागि हुनको लागि अनलाइन फारम भर्ने समय आज राती १२ बजे सम्म तोकिएको छ।
अनलाईन फारम (Online Form): https://shorturl.at/nEMU3
सहभागी युवाहरुले सम्मेलनमा आउँदा रैथाने खानेकुराहरु, कलासंस्कृति झल्कने भेषभुषाहरु र रैथाने बिउबिजन लिएर आउनुपर्ने समेत बताएका छन्। बिभिन्न व्यक्तिहरुले बिभिन्न बिषयहरुमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रममा केही महत्वपूर्ण बिषयहरुमा प्यानल छलफल गरी अन्तिममा “प्रादेशिक कार्ययोजना” निर्माण गरी प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश निति तथा योजना आयोग, सामाजिक विकास मन्त्रालय र केही स्थानीय तहहरुलाई बुझाउने गरी कार्यक्रम आयोजना हुन गैरहेको आयोजक समितिकै सदस्य तथा उद्यमी युवा विशाल भट्टले जानकारी दिएका छन्।