सुखड २६ बैशाख/कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ४ भालुफाटामा रहेको नया बाटो पुनः स्थापना सुधार केन्द्रमा बस्दै आएका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको ईलाका प्रहरी कार्यलय सुुखडका प्रमुुख दिपेन्द्र पालले जानकारी दिएका छन् ।
पालका अनुुसार गय राति छतबाट हाम फालेका शाहीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा बिहान ४ बजे मृत्युु हो । घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।