धनगढी २२ फागुन/धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा पुष्प वर्षा तथा सवा दुई करोड दिप प्रज्वलनको तयारी अन्तिम चरणमा पुगेको छ । मन्दिर व्यवस्थापन समिति र पुष्प वर्षा कार्यशाला उपसमितिको आयोजनामा महाशिवरात्रीको अवसरमा हुन लागेको पुष्प वर्षा र दिप प्रज्वलनको तयारी भएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी संयोजक नरेन्द्र शाहले जानकारी दिएका छन् ।
समितिका अध्यक्ष पदमराज जोशीका अनुसार मन्दिरमा फागुन २५ गते तीन क्विन्टल पुष्प वर्षा गरिने जनाइएको छ । नरेन्द्र शाहले पुष्प वर्षा र दिप प्रज्वलनमा झण्डै १३ लाख लागत हुने जनाइएको छ । उनका अनुसार हेलिकोप्टरमा मात्र नौ लाख खर्च हुने छ ।