एक दिन म कहिल्यै नब्युझिने गरी सुतिरहेको हुनेछु, अनि गाउँभरि हल्ला हुने छ इष्टमित्र भाई बन्धु लगायत विभिन्न क्षेत्रमा जानकारी प्राप्त हुँदा आत्तिएका हुने छन् । मलाई सुनपानी(हिरन), तुलसीपानी,दिने छन अनि सामाजिक सञ्जालमा मेरो सुत्नु पूर्वका केही फोटा र सुतिरहेको बेलाको फोटा पोस्टयाउँदै भन्ने छन् ।
यो खबर झुटो होस्, हार्दिक श्रदाञ्जली म सुतिरहेको ठाउँमा आउने छन् , धूप लिएर तुलसी पत्र लिएर विभिन्न किसिम का धार्मिक तथा पौराणिक चालचलन अनुसारका वस्तु लिएर रुँदै कराउँदै चिच्याउँदै हुने छन् मैले सुतिरहेको स्थान वरिपरी घुइँचो लाग्ने छ , क्षणभर को आँशु बगाउने छन् ,विदाई को अन्तिम तयारी गर्ने छन् बास काटेर ल्याउने छन्, मलाई बाध्न को लागि डोरी बनाउने छन,रातो रसेतो कपडा लिएर समसान घाट को लागी तयारी गराउँदै हुने छन् अनि जौको पिठो लिएर क्रियापुत्र बाट पिण्ड दिन लगाउने छन् रुँदै कराउँदै समसान तिर लाग्ने छ्न् दोबाटो ,चौबाटो मा पुग्दा बुर्की फाल्दै अगाडि बढ्ने छन्, मसान देखिने बितिक्कै एक पिण्ड अझ दिने छन् ।
पुगे पश्चात जलाउने अन्तिम तयारी हुने छ मलामी हरु चिता तयार गर्दा गर्दै तितर वितर हुने छन् , मैले लगाई राखेका सबै कपडा हरु फुकाली दिने छन्, हातमा भएको रक्षा धागो समेत निकाल्दै चिता दिने तयारी गर्ने छन् अनि चिता जलाउनु पूर्व पिण्ड दिएरै जलाउने छन मलाई खरानी हुने बेला सम्म जल्न दिने छ्न् , मलाई दुखाइरहेकोर दुखिरहेको अनुभव हुने छैन , जलाउँदै गर्दा पानी दिँदै जल्दै दिने छन् अनि दशगात्र विधि गर्ने वाला कपाल काट्ने छन् एक पिण्ड अझ दिएर मलामी गएका हरु स्नान गर्दै घर फर्किने जोहो गर्ने छन् मसान को भूत र प्रेत भगाउन बाटोमा आगो र पानी मा हात लगाउने छन भोक लागिरहेको हुनेछ कोई फलफूल पानि खाने छन्, कोई नास्ता गर्ने छ्न् , कोई खाना खाँदै मैले सुतेको ठाउँमा पुग्ने छन अनि म अब त्या हुने छैन किनकी मलाई खरानी मा परिणत गरिसकेको हुनेछ।
अनि घरको एक कोठा मा क्रियापुत्र लगायत अन्य मान्छे हरु बस्ने छन् जब ३ दिन हुने छ तब देखि ११ दिन सम्म बिहान विधिवत् रुपमा स्नान (मुख धुने) कार्य गराई हरेक दिन एक एक पिण्ड दी घर फर्कने छन्। मैले नसुत्दा सम्म नबोल्ने , नचिन्ने , असहयोगी , घमण्डी, लगायत सबै इष्टमित्र भाई बन्धु , साथी हरु , आफन्त भएका हरु चामलका माना,फलफूल, गौदान भेटी लिएर मेरा लागि गरिँदै गरेको दशगात्र विधि गर्ने ठाउँमा पुग्ने छन् । मलाई ११ दिन सम्म खुब सम्झने छन्, विधिवत् रुपमा धार्मिक परम्परा अनुसार मेरो मुक्ति निम्ति विभिन्न कार्य गर्ने छ्न् ।
१२ औं दिन पछि विस्तार विस्तारै बिर्सदै जाने छन् , एक वर्ष सम्म विभिन्न पौराणिक तथा धार्मिक कर्म गरी मेरो पुण्य तिथि बनाई मलाई सधैं का लागि बिदाइ गर्ने छन् । क्रियापुत्र बसेका हरु अब वर्ष को एक दिन मैले कहिल्यै नबिउँझने गरी सुतेको तिथिलाई टिपोट गरी श्राद्व अर्थात् मलाई सम्झँदै गर्ने छ्न्।
म कहिल्यै नबिउँझने गरी सुतेको हुनेछु।
👉निरेश भट्ट बैतडी सुर्नया हाल कञ्चनपुर