प्रेस युनियनको २८ औं स्थापना दिवस : “पेशागत हकहितका लागी लडौ”
प्रेस युनियनको २८ औं स्थापना दिवस : “पेशागत हकहितका लागी लडौ”

कैलाली १३ जेष्ठ
नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवस अवसरमा युनियनसंग आवद्ध संचारकर्मीहरुले पेशागत हकहीतका लागी लड्ने बताएका छन् ।
सोमबार धनगढीमा प्रेस युनियन कैलाली शाखाले आयोजना गरेको कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले यतिबेला सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकका विरुद्ध सबैले एकजुट भएर अगाडी बढ्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश सभा सदस्य दिल्लीराज पन्तले नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवस अवसरमा युनियनसंग आवद्ध सम्पुर्ण संचारकर्मीहरुलाई शुभकामना प्रदान गरे । उनले नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको प्रेस युनियनले आगामी क्रियाकलाप सक्रिय रुपमा अगाडी बढाउनु पर्ने धारणा राखे । कार्यक्रममा बोल्दै सासंद पन्तले नेपाली कांग्रेस पार्टीका कमी कमजोरीहरुलाई नियाल्दै सुधारका लागी प्रेस युनियनले महत्तपुर्ण भुमीका खेल्नुपर्नेमा जोड् दिए ।
कार्यक्रमका बिशिष्ट अतिथी तथा धनगढी उपमहानगरपालीकाका मेयर नृप बहादुर वड्ले लोकतन्त्रवादी पत्रकारहरुको संगठ्न नेपाल प्रेस युनियनले सक्रिय रुपमा काम गररिहेको बताए । कार्यक्रमका बिशिष्ट अतिथी तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जगत साउँदले युनियनसंग आवद्ध संचारकर्मीहरुले एकजुट भएर अगाडी बढ्नुपर्ने बताए । श्राजिवी र व्यवसायीक पत्रकारहरुका हकहितमा लड्ने एकमात्र संगठन् प्रेस युनियन भएको दाबी गरे ।
संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रीय सचिव टिएन जोशीले यतिबेला प्रेस युनियन अगाडि सबैभन्दा ठूलो मुद्धा सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकलाई रोक्नु नै रहेको बताए ।
नेपाल पत्रकार महासंघ कैलाली शाखाका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य कर्ण शाहले वर्तमान सरकारले मिडिया सम्बन्धी ल्याएका अधिकाशं कानुन संघियता विरोधी भएको बताए । पत्रकारले फोटो खिच्दा अनुमती लिनुपर्ने व्यवस्था अमान्य भएको भन्दै यसलाई सरकारले कार्यान्वयनमा ल्याउन नहुने धारणा राखे ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष दीर्घराज उपाध्यायले अहिले सरकारले संचारकर्मीलाई द्वन्द्वमा भन्दा पनि बढी दुख दिईरहेको आरोप लगाए । प्रेस युनियन कैलाली शाखाका पुर्व अध्यक्ष टेकराज जोशीले सम्पुर्ण संचारकर्मीहरुका पेशागत हकहीत र प्रेस स्वतन्त्रतातको ग्यारन्टी वर्तमान सरकारले गर्नुपर्ने बताए ।
पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको नेपाल प्रेस युनियनले निरन्तर पत्रकारका हकहीतमा काम गरेको बताए । नेपाल राष्ट्रिय पर्यटन पत्रकार महासंघ कैलालीका अध्यक्ष भिम चौधरीले पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न सबै संचारकर्मी एक जुट हुनु पर्ने धारणा व्यक्त गरे ।
नेपाल पोटो पत्रकार महासंघ कैलाली शाखका अध्यक्ष बिवेक नागरीले अहिलेको सरकारले प्रेसलाई कुन्ठीत गर्न तर्फ अग्रसर रहेको आरोप लगाए । नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य कृतबहादुर बिष्टले गर्नुभएको थियो ।
नेपाल प्रेस युनियन कैलाली सचिव सिताराम ओझाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन कोषाध्यक्ष सुनिल आउजीले गरेका थिए ।
आफ्नो स्थापनाको २८ औं स्थापना दिवस मनाउँदै छ । प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएकाले युनियनले हरेक वर्षको जेठ १३ मा स्थापना दिवस मनाउँदै आइएको छ ।