गजल
जनताहरु प्रश्न गर्दै छन् गणतन्त्रले के गरेको छ,
भन्नू होस् नेताज्यू देशमा न्याय किन मरेको छ ।
यि पाटी नेता कार्यकर्ता अबुझ जनताहरुले गर्दा,
हाम्रो स्वतन्त्र राष्ट्र अर्काको अधीनमा परेको छ ।
अहिले चुनाव जिती सिन्को समेत नभाच्नेहरुले,
चौरासीमा हामी गर्छौं भनी जनतामा भ्रम छरेको छ।
केही धन सम्पती छैन मसँग भन्ने नेताले पनि घरमा,
हामी जनतालाई के थाहा कति कालो धन भरेको छ।
✍️दशरथ भट्ट