धनगढी,२५ मंसिर/पर्यटक भिषामा आएर इसाई धर्म प्रचार गर्ने विदेशी डडेल्धुरामा पक्राउ परेका छन् । इसाई धर्म प्रचार गरिरहेको पाइएपछि प्रहरीले विदेशी नागरिकलाई नियन्त्रणमा लिएर प्रचार सम्बन्धीका किताब बरामद गरेको छ । जिल्लाको भागेश्वर गाउँपालिकामा धर्म प्रचार गरिरहेको अवस्थामा पर्यटन भिषामा नेपाल आएका स्विटजरल्याण्डकी Imon Lea Merz,, नेदरल्याण्डकी Hannah Dorothe Vink, Adriana Johanna Matia van de Weerdको साथबाट प्रहरीले किताब बरामद गरेको हो ।
किताब मात्रै नियन्त्रणमा लिएर उनीहरुलाई सम्झाइबुझाई गरेर छाडिएको प्रहरीले जनाएको छ । उनीहरुले विपन्न वर्ग तथा अशक्त, असहायहरुलाई आर्थिक सहयोग गर्ने, विभिन्न प्रलोभन देखाएर इसाई धर्म अवलम्बन गर्न लगाउने गर्दै आएका थिए । इसाई धर्म अवलम्बन गरेमा पाप मोक्ष हुने, दीर्घरोग निको हुने जस्ता आश्वासनमार्फत धर्मान्तरणका लागि उत्प्रेरित गर्ने एवं धर्मान्तरण गराउने कार्यमा संलग्नहरुमाथि सरकारले कडाई गरेको छ ।