धनगढी, ७ मंसिर/डडेल्धुराका गायक सन्तोषसिह ओड (श्री गोर्खाली)ले डोटेली र्याप गित ‘जाउ हिड सुन्दर सुदूरपश्चिम’ सार्बजनिक गर्नेका छन् । गायक वडले श्री गोर्खाली नामक आफ्नै युट्युव च्यानल नामक म्युजिक सार्बजनिक गरेका छन् ।
स्वँर, शब्द सन्तोषसिह ओड (श्री गोर्खाली)को रहेको गितमा सुमन ताम्राकारले कोरस स्वर र लय सृजना गरेका हुन् । ‘सुदूरपश्चिमका धार्मीक पर्यटन र चाडपर्बलाई चिनाउने मुख्य उदेश्य राखी गितमा शब्द भरेको हो’ गायक ओडले भने–‘गितमा डेउडा कलाकारलाई पनि सम्मन गरिएको छ ।’
गितको म्युजिक भिडियोमा पनि सुदूरपश्चिमका बिभिन्न धार्मीक स्थलहरुलाई नै प्रमोसन गरिएको छ । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका प्रमुख धार्मीक पर्यटनका दृष्यहरुलाई म्युजिक भिडियोमा समेटिएका छन् ।
हामीले गित मार्फत सुदूरपश्चिम चिनाउन खोजेका छौ पछिल्लो पुस्ता र्याप गितमा आर्कशित भएकाले हामीले यही लयमा डेउडा गितलाई फ्युजन गरी नयाँ पनमा ढालेका छौ गायक वडले भने । धनगढी रेकर्डस्मा रेर्कड गरेको गितमा म्युजिक उत्पादन प्रदिप मल्लले गरेका हुन् ।
म्युजिक भिडियो