अत्तरिया २७ मंसिर- सुदूरपश्चिम प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस संसदीय दलका नेता रणबहादुर रावलले नीजी क्षेत्र राष्ट्रको मेरुदण्ड भएको बताएका छन् । डा. रावलले सरकारले नीजि क्षेत्रको लागि लगानी मैत्री बाताबरण गर्न नसक्नु बिडम्बना भएको बताए ।
अत्तरिया उद्योग वाणिज्य सङ्घको तेस्रो साधारण सभामा उद्घाटन् गर्दै उहाले सो कुरा बताए । अब सरकारले प्रदेशमै नयाँ कानुन बनाएर सुदूरपश्चिम समृद्ध बनाउन व्यबसायीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे । अर्को प्रशंगमा उनले प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दा पनि जनताको अपेक्षा पुरा हुन नसकेको बताए । भारतले आफ्नो नयँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक राख्दा पनि सरकारले कुनै पहल गर्न नसकेको उनले बताए ।
उद्योग वाणिज्य सङ्घ अत्तरीयाका अध्यक्ष अशोकराज देवकोटाले कर बुझाउन धनगढी पुग्नु पर्ने बाध्यताको अन्त्य गर्ने बताए । उनले आफे पहलमा अत्तरिया क्षेत्रमै कर बुझाउने व्यवस्था गर्ने बताए । विगतका वर्षझै यस वर्ष पनि पुस २७ गते देखी अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गर्न तयारी भइरहेको उनले जानकारी दिए ।
उक्त कार्यक्रममा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष सिता सोपले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । गत आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक प्रतिवेदनमा ५९ लाख ४ हजार १ सय २० रुपैया आम्दानी भएको छ भने उतिकै खर्च भएको उल्लेख गरिएको छ ।