लवदेव धामी
धनगढी, २० असोज/मासिक रुपमा रचना सुन्ने र सुनाउने साहित्यिक कार्यक्रम पलेंटी आज सैपाल शिक्षा सदन धनगढीमा सम्पन्न भएको छ । यस कार्यक्रमको बिचमा गजलकार कोपिला शर्माको गजल संग्रह ‘सन्दुस’को चर्चापरिचर्चा गरिएको हो ।
कार्यक्रममा अग्रज र नवसर्जक साहित्य पारखीहरुको उपस्थित रहेको गजलकार तथा कार्यक्रम आयोजक कोपिला शर्माले बताए । गजल संग्रह ‘सन्दुस’लाई पाठकले गरेको मायाका कारण आफुलाई साहित्य लेखनमा उर्जा मिलेको र थप प्रोत्साहित गरेको गजलकार साहित्यकार शर्माले बताए ।
कार्यक्रमको संचालन गजलकार सर्जक अबि प्यारेले गरेका थिए। गजल संग्रह ‘सन्दुस’को चर्चापरिचर्चा गजलकार समीर ओझा, तुलसी शर्मा र तारा पल्लबी गरेका थिए । गजलकार शर्मालाई बधाई र शुभकामना गजलकार श्रेष्ठ प्रिया पथ्थर , हेमन्ती जोशी र तिलक सिंह दिएका थिए । कार्यक्रममा दर्जनौले रचना वाचन गरेको कार्यक्रममा सहभागि भएका नव सर्जक दशरथ धामीले बताए ।