धनगढी, १६ असोज / बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए ।
भूकम्पको अर्को धक्का ३ बजेर ७ मिनेटमा पनि गएको छ। बझाङको तलकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर , विद्यालय भवनमा क्षति पुगेको प्रराम्भिक कजानकारी आएको छ । क्षतिको थप विवरण भने आउन बाँकी रहेको छ ।


