महेन्द्रनगर, १५ असोज / लामो समयदेखि जेष्ठ नागरिकलाई सहयोग गर्दै आएका कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई वडाध्यक्ष सम्मानित भएका छन् ।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा ३३ औं अन्तएराष्ट्रिय जेष्ठ दिवसका अवसरमा भीमदत्त नगरपालिका-१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) र वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहरालाई सम्मानित गरिएको हो ।
यहाँस्थित राष्ट्रिय जेष्ठ नागरिक समाज कञ्चनपुरले आयोजना गरेको दिवसमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले वडाध्यक्षद्धयलाई सम्मानित गर्नुभएको हो
दोस्रो पटक वडा नं.१ को वडाध्यक्ष निर्वाचित भएका कुवँर पहिलो कार्यकालदेखि नै आफूले स्थानीय तहमा निर्वाचित भएयता पाउने सेवा सुविधा वडाका जेष्ठ नागरिकलाई दामाशाहीले वितरण गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक वडाध्यक्ष कुवँरले आफूले पाउने तलब सुविधा वडाका जेष्ठ नागरिक अपाङगता भएका व्यक्तिलाई वितरणको सुरुवा गरेका हुन ।
उहाँले आफू वडा कार्यालयमा रहदासम्म कुनै खाले सेवा सुविधा नलिने यसअघि नै घोषणा गरिसकेका छन् ।
दोस्रो पटक वडामा निर्वाचित भएका कुवँर असहायक, विपन्न बालबालिका साथै समाजमा आर्थिक अवस्था कम्जोर भएर उपचार नपाएकाहरुलाई पनि लामो समयदेखि सहयोग गर्दै आएका छन् ।
त्यसैगरी वडा नं. १३ का वडाध्यक्ष बोहरा पनि सामाजिक क्षेत्रमा सक्रिय भएकै कारण वडामा स्वतन्त्र उम्मेवारी दिएर निर्वाचन जितेका हुन् ।
निर्वाचित भएपछि वडाध्यक्ष बोहराले घर–घरमा सामाजिक सुरक्षा भत्ता पुर्याउनुका साथै अहिले ३० परिवार अति विपन्न सुमदायलाई दुई कोठे घर निर्माण गरिरहेका छन् ।