काठमाडौं, १४ असोज / सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
आज बसेको क्याविनेट बैठकले मूल्यवृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो।
