रमेश बहादुर सिंह बझाङ
बझाङ, ७ असोज / बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका– १० स्थित चैनपुर बजारमा आज राति ३बजेको समय मा कैलास फेन्सी पसलमा आगलागी हुँदा रु १करोड बराबरको फेन्सी सामान जलेर क्षति भएको छ।
स्थानीय नवराज जोशीको दुईतल्ले घरमा जयपृथ्वी नगरपालिका–१ बस्ने डबल बहादुर खड्काले सञ्चालन गरेको कैलास फेन्सी पसलमा आज राति ३बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको रु १करोड मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको पसल सञ्चालक डबल बहादुर खड्काले बताए। आगलागी बाट भने कुनै मानवीय क्षेत्रि नभएको स्थानिय बासिले जनाएका छन।
पसल संन्चालक अर्को घरमा बस्ने भएकाले राति ३ बजेको समय मा स्थानीयले आगो लागेको देखेर पसल संन्चालक लाइ खबर गरेर आगो नियन्त्रण गरेको बताइएको छ।