धनगढी, १६ भाद्र/शनिबार बाजुरकाको कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका वडा नं ३ का दलजित कटेल रहेका छन् ।उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । कटेल एपेन्डिसाइडका बिरामी रहेको बुझिएको छ ।
उपचारका लागि सिता एयरको विमानमा शनिबार दिउसो १२ः३३ बजे कोल्टीबाट नेपालगन्जका लागि उडेको थियो । बिच बाटामै कटेलको ज्यान गएको विमानमा सवार लक्ष्मण जोशीले जानकारी दिए । ‘प्लेन उडेको केही समयमा उनलाई गाह्रो भएपश्चात विमान परिचारिका अगाडी आएर कोही स्वास्थ्यकर्मी हुनुहुन्छ कि रु उनले भने त्यसपछि पाईलट संग के कुरा गर्नु भयो थाहा भएन ।’
पाईलटसंग पानी मागेर बिरामीलाई खुवाउनु साथै बिरामीको सिटमै उभिएर हर प्रयास गरेपनि बिमानमै पुरै अचेत भैसकेका थिए उनले भने । पुनः अगाडी आएर पाईलटसंग के कुरा गरे थाहा भएन । प्लेनको स्पिड पनि बढी नै थियो । पाईलटले पनि चाँडो पुर्याउन सकेमा बचाउन सकिन्छ की भनेर प्रयास गरेको हुनसक्छ ।
विमान परिचारिका कोल्टीबाट नेपालगंजसम्म उन सेवामा उभिएर सहयोग गरेकी थिईन्। हामी नेपालगंज २६ मिनेटमा पुगिसकेका थियौ । नेपालगंज एयरपोर्ट पु्ग्नु अगाडी नै उनले ज्यान गुमाईसकेका थिए।’