• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बल पूर्वक बेपत्ता पारिएका पीडितका परिवारको रोदन प्रति सरकारले चाँसो नदिएको आरोप

धनगढी, १३ भदौ / कैलाली जिल्लाको गौरिगंगा नगरपालिकामा बस्ने कृति चौधरीले राज्य परिवारबाट बेपता पारिएका आफ्ना श्रीमान अहिलेसम्म नत सास छ नत लास नै छ । अहिले परिवारको सम्पूर्ण जिम्मेवारी आफ्नो टाउकोमा परेको छ । उनले भनिन् ‘राज्य सशस्त्र जनयुद्धको समयमा बेपत्ता पारिएका परिवारहरु मध्यको म एक हुँ मैले एकल महिला भएर काम गर्दा मैले समयमा स्वरोजगार बन्नका लागि सहुलियतमा नत ऋण पाउछु नत कतैबाट आयआर्जनका लागि ब्यापार तथा इलम गर्नका लागि कहि कतै बाट सहयोग नै पाउँछु । श्रीमानको नाममा रहेको सम्पत्ति पनि आफूले उपभोग गर्न नपाउदा समस्या हुने गरेको एक कार्यक्रममा रोदनको आवाजमा तितो अनुभव कृतिले सुनाइन्’ ।

बल पूर्वक बेपत्ता पारिएका पीडितहरुको १३औ अन्तर्राष्ट्रिय दिवशको अवसरमा सरोकारवालाहरु सङ्गं अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले आफ्नो पीडा सुनाएकी थिइन् । तेस्तै कार्यक्रम कंचनपुरकी जानकी जोशीले द्वन्दको समयमा बेपत्ता परिएका परिवारलाई तिनै तहका सरकारले घाउमा मलम पट्टी लगाउनुको सट्टामा घाउ बल्झाइ रहेको बताइन् । बेपत्ता पारिएका परिवारको सरकार सङ्ग सत्यतथ्य सही तथ्यांक समेत छैन । राष्ट्रिय मानवाधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख हरि ज्ञवालीले र बेपत्ता पारिएका परिवार छानबिन आयोगका उप सचिब नवराज आचार्यले छुट्टाछुट्टै सरकारले हालसम्म गरेका बेपत्ता परिवारहरुका गरिएका काम कारबाही बारेमा कार्यपत्र पस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै इन्सेकका सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशीले सरकारले घाउहरुलाई बल्झाउने काम मात्र गरेको बताए । ूअब यो बन्द गरिनु पर्छ, तीन तहको सरकारले बेपत्ता परिवारमै पुगेर काम गरोस्,ू उनले भने,ूआफ्नो नेता कार्यकर्ता र पहुँच पुग्नेहरुलाई होइन बास्तबिक परिवारलाई जिबिकोपार्जन, आर्याआर्जनका, शिक्षा, स्वास्थ्य जस्ता कुरामा जोड दिनु पर्छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी युवराज कटेलले यस्ता औपचारिक कार्यक्रमभन्दा पनि सरकारले यस्ता परिवारका लागि हिजो कस्ता खालका कार्यक्रम गर्‍यो ती कार्यक्रम कति प्रभावकारी बने, अब अझ प्रभावकारिता बनाउदै ती परिवारलाइ कसरी पीडा भुलाएर मलम लगाउदै उनिहरुको सामाजिक तथा आर्थिक रूपमा जीवन माथी उकास्न सकिन्छ भन्ने कुरामा जोड दिनुपर्ने उनले बताए । यस्ता परिवारको लागि राहत , शान्ति, सुरक्षा , विभिन्न घट्ना दर्ता ,न्यायीक मृत्यु दर्ता आधिकारिक निणय अनुसार काम गर्न आफू संबेदनशील र जिम्मेवार हुने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथिको आशनबाट बोल्दै धनगढी उपमहानगरपालिका उपप्रमुख नन्दकला रानाले भनिन्, ूहामीले सरकारलाई मात्र दोष लगाएका छौ, हामी हाम्रो क्षमता र बजेटले भ्याएसम्म टुक्रे योजनाहरु हटाएर उधमशीलता ,बितिय साक्षरता कार्यक्रम विभिन्न सघंसस्थाहरु सङग साझेदारिमा गरिरहेको छ । स्वास्थ्यमा प्रत्येक वडामा निस्शुल्क विशेषज्ञ डाक्टरसहित स्वास्थ्य परीक्षण , बेपत्ता परिएका परिवारका बालबालिका छात्रवृत्ति, निस्शुल्क शिक्षाका लागि सामुदायिक विधालय समायोजन गरि अङ्ग्रेजी विषय र नेपाल दुबै विषयमा पढाइका लागि अहिले काम सुरुवात गरिएको उनले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेशका सामाजिक मन्त्री झपटबहादुर साउदले आफू पनि सशस्त्र द्वन्दबाट आएको मान्छे भएको बताए । बल पूर्बक बेपत्ता पारिएकाहरु अझै पनि फर्केर आउने आशामा परिवार छ । बेपत्ता छानबिन आयोगले तत्काल रुपमा सत्यनिरूपण गरिनु पर्ने बताउँदै उनले भने, सहिद परिवार ,घाइते परिवार , अपांगता भएका परिवार , द्वन्द पीडित र बेपत्ता पारिएका परिवारको लागि प्रदेश सरकारले शिक्षामा निशुल्क दिपायलमा आवासिय बिधालय बनाएको छ । स्वास्थ्यमा स्वस्थ्य बिमाको निशुल्क ,स्वास्थ क्षेत्रमा उपचारमा सहज रुपमा औसधि उपचारका कार्यक्रम प्रदेश सरकारले कार्य गरेको उनले बताए । लक्षित बर्गका छोराछोरीका लागि उच्च शिक्षा पढाउने ,आगामी कार्यक्रम रहेको ,केही ऎन तथा निमावलि निर्माण गरिने यस्ता परिवारलाइ आफूले र आफ्नो मन्त्रालयले सधै काम गर्ने बताए ।

कार्यक्रम विभिन्न सस्थाहरुको सझादारीमा गरिएको कार्यक्रममा रेडक्रसका महामन्त्री लोकराज जोशी कार्यक्रममाथि प्रकाश परेका थिए भने कार्यक्रम मानव अधिकारीका एकल महिलाका प्रदेश प्रमुख बेद अवस्थीले सन्चालन गरेका थिए ।

बुधबार, भदौ १३, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.