• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

कैलालीको एक विद्यालयमै छात्राहरुमा बेहोस हुने समस्या, कारण पत्ता लगाउन स्वास्थ्य जाँच गरिने

अत्तरिया १२ भाद्र/कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको ग्वाँसी माविमा अध्ययनरत छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित भएको छ । विद्यालयमा कक्षा ९ देखि १२ मा अध्ययनरत छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित हुन थालेको हो । कक्षाकोठामा छात्रा बेहोस हुने गरेकाले पठनपाठनमा समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक गणेश भट्टराइले बताए । उनले ९ देखि १२ कक्षाको अध्यापन बिहानी सत्रमा गरेपछि छात्राहरु बेहोस हुने क्रम बढेको बताए ।

करिब १४ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कक्षा कोठा अभाव भएपछि २ सिफ्टमा अध्यापन हुँदै आएको छ । प्रधानाध्यापक भट्टराइले कक्षा कोठामा एक जना छात्रा बेहोस भएपछि अन्य पनि बेहोस हुने गरेकाले पठनपाठन प्रभावित हुने गरेको बताए । उनका अनुसार यसरी बेहोस भएका छात्राहरु केही आफै आधा घण्टामा ठिक हुने गरेका छन भने ठिक नभएकाहरुलाई अस्पताल सम्म पु¥याइने गरिएको छ ।

उनले विहान विद्यार्थी भोकै आउने र कक्षा कोठामा भिडभाड हुने भएकाले यस्तो समस्या आएको हुन सक्ने बताए । ‘विद्यालय २ सिफ्टमा चल्ने भएकाले विद्यार्थीहरु बिहान भोक–भोकै पनि आउने गरेका हुन्छन । विहान देखि ११ / १२ बजे सम्म भोकभोकै पढ्नुपर्दा समस्या देखिएको हुन्छ की जस्तो लाग्छ’ उनले भने ‘यसरी कक्षाकोठामा विद्यार्थी बेहोस भएर ढल्दा पढाइमा निकै डिस्टर्व भइरहेको हुन्छ । एक जना विद्यार्थी बेहोस भए अरु पनि बेहोस हुुने गर्छन । जसले पठनपाठन नै रोकिन्छ ।’ उनले विद्यालयमा कक्षाकोठाको अभाव भएर २ सिफ्टमा चलाएको भएपनि समस्या सामाधान नभएको बताए ।

‘२ सिफ्टमा पठनपाठन गर्दा पनि विद्यार्थी संख्या धेरै भएकाले एउटै कक्षा कोठामा ५०र६० जना विद्यार्थी राख्नुपर्ने अवस्था छ’ उनले भने ‘एकैठाउँमा धेरै विद्यार्थी हुँदा गर्मी पनि हुने भएकाले समस्या भएको हुन सक्छ ।’ विद्यालयका अध्यक्ष रमेश ताम्राकारले छात्राहरुमा बेहोस हुने समस्या बढ्न थालेपछि शिविर आयोजना गरिएको बताए । उनले मंगलबार मालाखेती अस्पताल र पद्मा अस्पताल संगको सहकार्यमा शिविर आयोजना गरिएको बताए । शिविरमा विहान १० बजे देखि १ बजे सम्म संचालन हुने जनाइएको छ । शिविरमा सामान्य चेकजाँच गरिने जनाइएको छ ।

विद्यालयका प्रधानाध्यापक भट्टराइले विज्ञ चिकित्सक ल्याउने आर्थीक अवस्था नभएकाले जरनज डाक्टरबाट सामान्य चेकजाँच गराउन लागिएको बताए । उनले छात्रा बेहोस हुने समस्याका बारेमा नगरपालिकाले ध्यान दिन आवश्यक रहेको बताए । नगरका अन्य विद्यालयमा पनि बेला बेलामा यसरी नै छात्राहरु बेहोस हुने समस्या हुने गरेको भएपनि यसको ठोक कारण भने हालसम्म पनि पत्ता लाग्न सकेको छैन । जसले गर्दा यस्ता विद्यालयहरुमा छात्राहरु बेहोस हुन थालेपछि पठनपाठन समेत प्रभावित हुने गरेको छ ।

यता गोदावरी नगरपालिकाको शिक्षा शाखाले भने विद्यालयमा छात्रा बेहोस भएको बारेमा कुनै जनाकारी नआएको जनाएको छ । शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले यसअघि हाटखोलीको एक विद्यालयमा छात्रा बेहोस हुन थालेको खवर आजपनि पछिल्लो समय यस्तो घटना अन्य विद्यालयमा भएको बारेमा भने जानकारी प्राप्त नभएको बताए ।

मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.