धनगढी , ११ भदौ / कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा आजदेखी गौरापर्व विशेष मेला सुरु हुने भएको छ । स्याउले स्थीत विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखी १५ गतेसम्म मेला लाग्ने भएको हो ।
मेला आज दिँउसो २ बजेबाट सुरु हुने जनाईएको छ । धर्मेश्वर फाउन्डेसनको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशत्ति युवा क्लबको सहयोगमा मेला लाग्ने भएको हो ।
स्वर्गीय पिता धर्म सिंह देउवाको स्मृतिमा छोराहरु गणेश देउवा,गोपाल देउवा,मनिस देउवा र विरेन्द्र देउवाले फाउन्डेसनसंग मेलाकोलागी सहकार्य गरेका हुन् । मेलामा विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनी उपस्थीती रहने जनाईएको छ ।
मेलामा फरक फरक दिन दार्चुलाकी गंगा धामी,बझाङका बाल्केश थापा,कैलालीका पदम जोशी र कञ्चनपुरकी पुष्पा जोशीको सहभागीता रहने भएको छ ।