धनगढी, २६ साउन / गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमाला,कैलालीको समन्वय तथा सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालय बनबेहडा, कैलालीको आयोजनामा गौरीगंगा नगरपालिका ३,झिल स्थित श्री जन जागृत माध्यामिक बिधालयमा बिपदबाट जोगिन बिद्यार्थीहरु लाई बिपद सम्बन्धि १ दिने प्रशिक्षण दिइएको छ।
बिना सुचना आउने बिपदबाट जोगिन उच्च साबधानी अपनाउन सबैमा आग्रह गर्दै बिपत जोखिम कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको नगर स्तरिय सामुदायिक मेलमिलाप केन्द्र संयोजक हेमन्त बाजे ले जानकारी दिनु भएको छ।
गौरीगंगा नगरपालिका ३ का वडाअध्यक्षले प्राकृतिक बिपदको जोखिमबाट हुने क्षतीबाट बच्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्नेमा बिस्वास ब्यक्त गरे।
बिधालय ब्यवस्थापन समिति सदस्य तुल बहादुर साउँदको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिका ३,अध्यक्ष मनिराज जोशी,विशिष्ट अतिथि सामुदायिक मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी (बाजे), सशस्त्र प्रहरी बल नेपाल शिक्षालयका संन्जय बोहरा,एकता प्रगतिशिल सहकारी संस्थाका चक्र रावल,बिधालयका पुर्ब अध्यक्ष,समिती सदस्य र बिधालयका शिक्षक(शिक्षिका हरुको उपस्थिति रहेको थियो।
सो प्रशिक्षणमा सो बिधालयमा कक्षा ७,८ र ९ मा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको प्रशिक्षणको सहजीकरण शिक्षालयका संन्जय बोहराले प्रस्तुत गर्नु भएको थियो।
बिधालयका प्र.अ.सुरेन्द्र धामीले तालिम निकै प्रभावकारी र फलदायी भएको बताउन्दैँ धन्यवाद ज्ञापन गर्नु भएको थियोे।