धनगढी, २५ साउन / नेपाल फारवेस्ट टेक्निसियनस् एशोसिएसनको सुदूरपश्चिम प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले कर्मचारीहरुलाई २४ घन्टा नै काम गर्न निर्देशन दिएका छन् । अब कर्मचारीहरुले कार्यलयमा होस या फिल्डमा २४ घन्टा सबैको समन्वयमा काम गर्नु पर्ने र अपिmस तथा घरमा भुँडी लगाएर बस्ने नदिन बताएका हुन् ।
मन्त्री धामीले भने “हामीले बनका क्षेत्रमा काम गर्नुपर्ने छ, अधिकाशं बनकै काममा खटिनुपर्छ भने दगुर्नसक्ने, कतै आपतबिपद्मा आफु जोगिन सक्ने , दक्ष जनशक्ति ,काम देखाउने कर्मचारीको जरुरी रहेको छ । आफ्नो स्वास्थ्य तन्दुरस्त राख्नुपर्छ अनी जनतालार्इ पनि दुरुस्त सेवा दिने र राज्यको फाइदा हुने काम गर्नुपर्छ ।”
“अनि सरुवा बढुवाका लागी अन्तैबाट पावर ल्याउने काम नगर्नुहोला कसको कहाँ आवश्यक्ता छ, कसको समस्या छ, कसको काम राम्रो छ मन्त्रालयले मुल्याकंन गरेर सरुवा, बढुवा गर्ने छ उनले भने “केही समस्या छन्, भने म सित सल्लाह अथवा छलफल गर्न आउनु होला म तयार छु, तर मलाई दवाव दिन अन्य नेताकहाँ गयो भने त्यसपछि राम्रो हुन्न, मलाई प्रधानमन्त्रीबाट दवाव दिन लगाएपनि म काम गर्दैन ।”
कर्मचारीहरुका केही समस्याहरु आएका छन् ति समस्या म सम्बोधन गराउने छु मन्त्री धामीले भने, काठका कुरा, पोसाकका कुरा लगायत धेरै समस्याका कुरा आएका छन् ,उनले भने “सबै समस्या सम्बोधन गर्न म तयार छु, मात्र मेरो गतिमा काम गरिदिनुहोस । सुदूरपश्चिमको उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालयलाई चिनाउने गरी काम गरौँ मेरो मात्रै नाम आउने होइन तपाई हामी सबैको नाम आउने छ, सहयोग गरौँ ।”